Thursday, September 1, 2011

च्याट गर्न मन पराउँदिनँ - नायिका केकी अधिकारी

मानिसहरू इन्टरनेट चलाउनुलाई 'टाइम पास’ मान्छन्, तर 'नेट सफिर्ङ’ गर्नु भनेको संसारका हरेक गतिविधि जानेर, विभिन्न ज्ञान हासिल गरेर आफूलाई दक्ष बनाउनु हो । हाम्रो पुस्ताले इन्टरनेटका रूपमा सम्पूर्ण ज्ञान वा जानकारी प्राप्त गर्ने साधन पाएका छौं ।

म अचेल मोबाइल फोनबाट इन्टरनेट चलाउँछु । प्लस टु पढुन्जेल मैले पनि इन्टरनेटलाई रमाइलो साधन मानेको थिएँ । अहिले म ब्याचलर इन इन्फोर्मेसन म्यानेजमेन्ट गर्दैछु । इन्टरनेटको सञ्जालमा नछिरी त्यसको अध्ययन गर्न गाह्रो हुने भएकाले नेट सफिर्ङ गर्नु मेरा लागि इच्छा मात्र होइन, आवश्यकता पनि भएको छ । मलाई घण्टौ बसेर च्याट गर्न मन लाग्दैन । एक प्रकारले म इन्टरनेटमा च्याट गर्न मन पराउँदिनँ । मोबाइल फोनबाट इन्टरनेट चलाउन थालेपछि चार-पाँच महिना भयो, फेसबुक एकाउन्ट पनि खोलेकी छु । दिनको दुई पटक मात्र फेसबुकमा लग-अन हुन्छु । पहिले अरूले नै आफ्नो एकाउन्ट चलाइदिने तथा नाम र फोटो मिसयुज गरिदिन्छन् भन्ने डर थियो । चलचित्रमा अभिनय गर्न थालेपछि फेसबुक खोल्नैपर्छ भन्ने लागेर खोलेकी हुँ । केही दिनमा म मेरो 'फ्यान पेज’ पनि खोल्छु ।


मैले सही ढंगले इन्टरनेट चलाउन थालेको चार वर्ष जति भयो । कहिलेकाहीं घरमा बत्ति नभएको बेला वा सजिलैसँग इन्टरनेट नचलेको खण्डमा इम्पोर्टेन्ट मेल पठाउनु वा हेर्नुपर्ने हुँदा एकाध पटक साइबर छिरेकी छु । संसारभरिका चलचित्र क्षेत्रको जानकारी, नयाँ-नयाँ टेक्नोलोजीको ज्ञान आदि हासिल हुने भएकाले म पनि अचेल गुगल सर्च इन्जिनबाट विश्व चलचित्रजगत्लाई नियालिरहेकी हुन्छु ।

No comments:

Post a Comment